चितवन, १४ मंसिर । नेकपा एमालेको नेतृत्व सर्वसम्मत बनाउनका लागि अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका अधिकांश उम्मेदवार विजयी हुँदा सचिव पदमा प्रस्ताव गरेका भीम आचार्य र टंक कार्कीले हार वेहोरेका छन् । आचार्य र कार्कीले ओली प्रस्तुत गरेकोको सूचीविरुद्ध उम्मेदवारी दिएका थिए ।

सचिवमा गोकर्ण विष्ट, रघुवीर महासेठ, योगेश भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी र लेखराज भट्ट विजयी भएका छन् । माओवादीबाट प्रवेश गरेका नेताहरू रायमाझी र भट्ट विजयी हुँदा एमालेकै आचार्य र कार्की भने पराजित भएका हुन् ।