इन्द्रेणी संवाददाता
चितवन, १४ मंसिर । नेकपा एमालेको नयाँ नेतृत्व निर्वाचन प्रक्रियाबाट छानिदै छ । अध्यक्षमा केपी शर्मा ओली र भिम रावल प्रतिस्पर्धी छन् ।
नेकपा एमाले केन्द्रीय निर्वाचन आयोगले सोमेवार राति अवेर उम्मदवारको अन्तिम नामावली प्रकाशन गरेपछि मतदान अलि ढिलो भएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुन ढिला भएपछि मतदानको समय मङ्गलवार बिहान २ बजेदेखि ८ बजेसम्म सरेको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नामावलीमा एमाले अध्यक्षमा केपी शर्मा ओली र भीमबहादुर रावल, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुषाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे, सुवास चन्द्र नेम्वाङले उम्मेदवारी दिएका छन् । निर्वाचनमा अध्यक्ष पदमा ओली र रावल विचको प्रतिस्पर्धालाई विशेष गरी हेरिएको छ ।











