काठमाडौं, १९ असोज । सत्तारुढ गठबन्धनका नेताबीच मन्त्रालय बाँडफाँटमा सहमति भएको छ ।

gadvbandanआज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका नेताबीच मन्त्रालय बाँडफाँटमा सहमति भएको हो । सहमति अनुसार यो हप्ताभित्र मन्त्रिमण्डल विस्तार गर्ने पनि सहमति भएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।