रोल्पा, १४ असोज । भिरबाट लडेर रोल्पामा यो वर्ष २५ जनाको ज्यान गएको छ । भौगोलिक विकटताका कारण जिल्लामा भिरबाट लडेर ठूलो मानवीय क्षति भएको हो ।

Mahila-Deth-Girlजिल्लाका विभिन्न ठाउँमा विभिन्न समयमा भएका घटनामा २५ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । चालु आर्थिक वर्षको साढे २ महिनामा मात्रै रोल्पामा भिरबाट लडेर चार जनाको ज्यान गइसकेको छ ।

ज्यान गुमाउनेमा धेरैजसो जाँडरक्सी खाएर हिँड्नेहरु रहेका प्रहरीले जनाएको छ । घाँस दाउरा र मेलापात गएकाहरूको समेत भिरबाट लडेर ज्यान जाने गरेको छ।