इन्द्रेणी संवाददाता
रुपन्देही, ७ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन् । मुख्यमन्त्रीको पद बचाउन केसीलाई ४१ मत आवश्यक भएपनि ४२ मत पाएका छन् ।
आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत पाएका हुन् । प्रदेश सभाको बैठक बसेपनि एमालेको बहिष्कार गरेको थियो । बैठकमा विपक्षमा कुनै पनि मत खसेना ।
अब केसीमाथि २ वर्षसम्म कसैले पनि अविश्वासको प्रस्ताव ल्याउन पाउने छैनन् । एमालेका शंकर पोख्रेलले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएपछि कांग्रेस, एमाले माधव नेपाल समूहलगायतका समर्थनमा माओवादी केन्द्रका केसी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।











