इन्द्रेणी संवाददाता
काठमाडौँ, ७ भदौ । विशेष गरी नेवार समुदायले मनाउने गाईजात्रा पर्व आज मनाइदैछ । वर्षेनी भदौ कृष्ण प्रतिपदाका दिन मनाइदिने यो पर्वमा नेवार समुदायमा वर्षभरी दिवङ्गत भएकाहरुको घरबाट जात्रा निकाल्ने चलन छ ।
जात्रा निकालेर दिवङ्गत भएका आफन्तको पुुण्यको कामना गरिन्छ । यो पर्वमा जात्रामा आएकालाई पितृको स्मृतिमा फलाहार र दक्षिणा दिने प्रचलन पनि छ ।
तत्कालीन राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनमा शोक विह्वल भए रानी भुवनलक्ष्मीलाई हाम्रा मात्र सन्तान होइन दुनियाँका सन्तान पनि मरेका हुन्छन् भनेर सान्त्वना दिन यो जात्रा मनाउन थालिएको हो ।











