काठमाडौं, १३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनको बैठकमा सरकार छिटै विस्तार गर्ने सहमति भएको छ ।
आज बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकार विस्तारिको कामलाई छिटोभन्दा छिटो अगाडि बढाउने विषयमा सहमति भएको हो ।
मन्त्रीपरिषद् विस्तारका लागि सत्ता सहयात्री दलहरुले आ–आफ्नो प्राविधिक विषयहरु तत्काल टुंगोमा पु(याउनुपर्ने विषयमा पनि छलफल भएको बताइएको छ ।
बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालका पक्षबाट पोलिट्ब्यूरो सदस्य डा।. विजय पौडेल सहभागी थिए भने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतका नेताहरु सहभागी पनि थियो ।











