काठमाडौं, २७ असार । एमाले विवाद समाधानका लागि गठित कार्यदलका नेताहरूले पार्टीको आन्तरिक एकता सुदृढीकरणको छलफल अन्तिम बिन्दुमा पुगेकाले आइतबार एकतासम्बन्धी सहमति सार्वजनिक हुने दाबी गरेका छन् । शनिबार सिंहदरबारमा बसेको बैठकपछि कार्यदलका नेताहरूले सहमतिलाई अन्तिम रूप दिने दाबी गरेका थिए ।
कार्यदलले टुंग्याएको मस्यौदामा केन्द्रित रहेर प्रधानमन्त्री केपी ओलीले निकट नेताहरूसँग तथा वरिष्ठ नेता माधव नेपाल समूहले स्थायी समिति सदस्यहरूसँग राति अबेरसम्म छलफल गरेका छन् । दुवैतर्फका स्थायी कमिटी सदस्यहरूको समेत सुझाबलाई ध्यानमा राखेर मस्यौदालाई अन्तिम रूप दिने कार्यदलको तयारी छ । नयाँ पत्रिकाबाट











