इन्द्रेणी संवाददाता
दाङ, २३ असार । दाङमा प्रहरीले चोरीको कारसहित एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा तुलसीपुर ५ बस्ने १७ वर्षका नविन सार्की रहेका छन् ।

210548550_213064673902565_2991963552098038627_nउनलाई सवारी चेकजाँचका क्रममा तुलसीपुर न्यूरोडबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । करीव १०÷१५ दिन पहिले धादिङबाट हराएका बा १६ च ८७३५ नम्बरको कार चोरी भएको प्रहरीमा जानकारी आएको र चेकजाँचका क्रममा इलाका प्रहरी कार्यालय दाङबाट खटिएको सो कार र चालक सार्कीलाई नियन्त्रणमा लिएको हो ।

यसैगरी चोरीका साइकलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । विभिन्न समयमा चोरी गरिएका साइकलसहित घोराही १४ का रहुल नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।