इन्द्रेणी संवाददाता
दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङको पदाधीकारी नियुक्त गरिएको छ । प्रतिष्ठानको रेक्टरमा प्रसुति रोग विशेषज्ञ डा. बसन्त लामीछाने नियुक्त गरिएको छ भने रजिस्ट्रारमा प्रकाश थापा नियुक्त हुनु भएको छ ।
नब नियुक्त पदाधिकारी थापा र लामीछानेलाई प्रतिष्ठानकी उपकुलपती प्राडा संगीता भण्डारी, प्रतिष्ठानको प्रमुख सल्लाहकार नारायण भुसाल, सल्लाहकार बलिभद्र रानाले बधाइ तथा शुभकामना दिदै सफल कार्यकालको कामना गर्नु भएको छ ।

लामिछानेले यसअघि प्रतिष्ठानको डिन भएर कुशलतापुर्बक जिम्मेवारी निर्बाह गरिसक्नु भएको छ । नब नियुक्त रजिस्ट्रार थापा र रेक्टर लामीछानेले आफुलाई योग्य ठानि जिम्मेवारि दिएकोमा धन्यवाद दिनु भएको छ ।