तुलसीपुर, २२ असार । भरखरै सरुवा भएर आएका दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्बाङले जिल्लाको विकास र सुशासनमा आफू प्रतिवद्ध रहेको बताएका छन् ।
तुलसीपुर उद्योग वाणिज्य संघले सोमबार आयोजना गरेको स्वागत कार्यक्रममा उनले जिल्लाको विकास, समृद्धि र सुशासनमा आफू प्रतिवद्ध रहेर भन्दै कुरा भन्दा काम गर्ने बताए । जिल्लाको प्रमुखको हैसेतले आफूले समग्र विकासको नेतृत्व गर्ने समेत उनको भनाइ थियो ।
राजनीतिक संस्थाहरूले योजना तथा बजेट ल्याउने तथा त्यसलाई कार्यान्वयन गर्न आफूले अर्थपूर्ण भूमिका निर्वाह गर्ने बताए । आफू प्रशासक मात्र नभएर राष्ट्रसेवक पनि भएको बताउँदै उनले जिल्लाको समग्र विकास निर्माणको नेतृत्व गर्ने बताएका हुन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले आफूले नागरिकको सुरक्षासँगै व्यवसायीक सुरक्षाका सवालमा गम्भीर भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । ‘हामी शुन्य टोलरेन्स र फ्रिअफ कष्टमा जनतालाई सेवा दिन बताए ।











