इन्द्रेणी संवाददाता
दाङ, १८ असार । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश प्रसाद काफ्लेले जनताले अपेक्षा गरे अनुसारनै शान्ति सुरक्षा कायम गर्ने बताएका छन् ।
भरखर्र सरुवा भएर जिल्लाको प्रहरी प्रमुखको रुपमा आएका एसपी काफ्लेले प्रहरीको काम समाजमा शान्ति सुरक्षा कायम गर्ने र जनताको जिउज्यानको सुरक्षा गर्ने भएकाले यहाँको जनताको अपेक्षा अनुसारकै शान्ति सुरक्षा कायम गरिने बताए ।
कानुन विपरित काम गर्नेलाई जोकोहीलाई कारवाही गर्ने भन्दै जिल्ला प्रहरी कार्यालयलाई दलाल निषेधित क्षेत्र बनाइने उनले बताए । दाङका विभिन्न क्षेत्र फरक/फरक अपराधका ट्राञ्जिट भएको भन्दै त्यस अनुसार नै प्रहररी अपराध नियन्त्रणमा सक्रिय हुने उनको भनाइ छ । अपराधिक गतिविधि गर्ने कसैलाई पनि प्रहरीले जछोड्ने एसपी काफ्लेले बताए ।











