काठमाडौं, १५ जेठ । सरकारले कृषि तथा पशुपंक्षी क्षेत्रका लागि ४५ अर्ब ९ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ।
आज शनिवार आर्थिक वर्ष २०७८ ७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेललेको कृषि क्षेत्रलाई आधुनिकिकरण गर्दै नेपाललाई कृषिमा आत्मनिर्भर बनाउनका लागि ४५ अर्ब ९ करोड विनियोजन गरिएको अर्थ मन्त्री पौडेलले जानकारी दिए ।
चालू आबमा कृषि तथा पशुपंक्षी क्षेत्रमा ४१ अर्ब ४० करोड रूपैयाँ बजेट विनियोजन गरिएको थियो। सरकारले आज अध्यादेशमार्फत बजेट ल्याएको हो ।











