काठमाडौं, ६ जेठ । वाग्मती प्रदेशको राष्ट्रिय सभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् ।

khimहेटौँडामा आज भएको उपचुनावमा नेकपा एमालेका उमेदवार एवम् गृह मन्त्री रामबहादुर थापा बादललाई पछाडि पार्दै देवकोटा राष्ट्रिय सभा सदस्यमा विजयी भएका हुन् ।

खिमलाल देवकोटा ५०८८ मतभार सहित विजयी भएका छन् भने रामबहादुर थापाले ४०१४ मत पाएका थिए ।