काठमाडौं, ५ जेठ । लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर पाँच दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको छ ।

earthquake-logo-300x1692xबिहान पाँच बजेर ४२ मिनेटमा भूकम्पको धक्का महसुस भएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ सिस्मोलोजिस्ट लोकविजय अधिकारीले जानकारी दिएका छन् । भूकम्पको क्षतिबारेमा जानकारी आइसकेको छैन ।