इन्द्रेणी संवाददाता
दाङ, १२ फागुन । दाङमा प्रहरीले मोटरसाइकल चोरी गर्ने दुई जनालाई पक्राउ गरेको पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढवा गाउँपालिका ६ बस्ने १९ वर्षका ओसिम खान र सोही बस्ने १८ वर्षका बरुन कुमाल रहेका छन् ।
उनीहरुले चोरी गरेका लु १८ प ९५०४ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकल र बा ८३ प ७६७५ नम्बरको १५० सिसिकै पल्सर नियन्त्रणमा लिएको छ ।











