इन्द्रेणी संवाददाता
दाङ, ३० माघ । दाङमा प्रहरीले दुई जनालाई अबैध सुन र चाँदीसहित नियन्त्रणमा लिएको छ । विशेष सूचनाका अधारमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका १७ बनकट्टा भर भइ हाल घोराही १५ दिपशिखामा डेरा गर्दै आएका २५ वर्षका प्रकाश डाँगी र उनकै काठामा बस्दै आएका पंकज गुप्ता रहेका छन् ।

sunडाँगीको साथबाट १६ लाख ६९ हजार ९१३ मूल्य बराबरको अर्थात २०८ दशमलव ३२ ग्राम सुनका बाला प्रहरीले बनामद गरेको छ । त्यस्तै गुप्ताको साथबाट ५१ हजार ४१३ रुपैयाँ बराबरको १ केजी १५ ग्राम चाँदी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनीहरुलाई विहीबार ११ बजेतिर घोराही गोग्ली नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । नियन्त्रण गरी उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।