इन्द्रेणी संवाददाता
दाङ, १ पुस । दाङ प्रहरीले सडक दुर्घटना न्यूनिकरण गर्न विद्यालय तथा कलेजका विद्यार्थीहरुलाई सचेतना अभियान शुरु गरेको छ ।

accdevप्रहरी जिल्लाका विद्यालयमै गएर ट्राफिक नियमहरु बारे र सम्भावित सडक दुर्घटनाबाट वच्ने उपायाहरुबारे जानकारी दिन थालेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिएका छन् ।

पछिल्लो समयमा विद्यालय तथा कलेजका विद्यार्थी समेत सडक दुर्घटनामा बढी सामेल भएकाले दुर्घटनाबाट जोगिनका लागि यस्तो अभियान शुरु गरेको हो । पछिल्लो केही समययता जिल्लाका विभिन्न स्थानमा सडक दुर्घटनाबाट तीन जनाको ज्यान समेत गइसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पहिलो चरणमा मंसिर ३० गते घोराही, तुलसीपुर, लमही, खिलतपुरलगायतका क्षेत्रमा रहेका विभिन्न विद्यालयमा कक्षा कोठामै सहभागी भएर प्रहरीले सडक दुर्घटना न्यूनिकरणबारे जानकारी दिएको छ ।