काठमाडौं, ८ मंसिर । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृति नलिई अब कुनै पनि कर्मचारीले लोक सेवा आयोगलगायतका अन्य प्रतिस्पर्धात्मक परीक्षा तयारी कक्षामा पढाउन नपाइने भएको छ ।
कुनै इन्स्टिच्युटमा भौतिक वा अनलाइन माध्यमबाट उपस्थित भई पढाउन नपाउने भएको हो । निजामती सेवामा कर्मचारीलाई मर्यादित र तल्लीन बनाई प्रभावकारी सेवा प्रवाह गर्नका लागि मन्त्रालयले सबै कर्मचारीलाई स्वीकृतिबिना पढाउनका लागि निषेध गरेको हो ।
कुनै इन्स्टिच्युटमा भौतिक वा अनलाइन माध्यमबाट परीक्षाको तयारीका लागि प्रशिक्षण वा पढाउन नपाइने मन्त्रीस्त्रीय निर्णय गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । पढाउन चाहने सहसचिव वा सोभन्दा माथिका पदका कर्मचारीले मन्त्रिपरिषद् र अन्य कर्मचारीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृति लिनुपर्ने छ ।











