तिर्थराज ज्ञवाली
देउखुरी, २३ असोज । सामुदायिक वन महासंघको आयोजनामा हरियो वन कार्यक्रमले गोवरडिहा क्षेत्रका सामुदायिक बन समूहसंँग अन्तरक्रिया गरेको छ ।

IMG_5290साविक गोवरडिहा गाविस र हालको गढवा गाउँपालिका वडा न १, २ र ३ वडामा पर्ने १२ वटा सामुदायिक वन समूहहरुको क्रियाकलापलाई चुस्त र दुरुस्त बनाउने उदेश्यका साथ अन्तरक्रिया गरिएको हो ।

वन समुहका अध्यक्ष नवराज शर्माको अध्यक्षता, केन्द्रिय बन महासंघका उपाध्यक्ष भिम प्रकाश खड्काको प्रमुख आथित्यता, पुर्व सांसद रेश्मी राज नेपाली तथ दाङ जिल्ला बन महासंघका अध्यष भुपेन्द्र सुवदीको विशिष्ट आथित्यतामा वनका सवालमा अन्तरक्रिया गरिएको हो ।

सामुदायिक वन ऐन २०७६ मा भएगरेका सवाल तथा सामुदायिक वन समूहहरुको काम, कर्तब्य तथा अधिकारको विषयमा केन्द्रिय बन महासंघका उपाध्यक्ष भिम प्रकाश खड्काले बताए ।

उपाध्यक्ष खड्काले सरकारले उपभोक्ता समुहहरुलाई फरक तवरले हेर्नाले सामुदायिक वन समुहहरुले पुर्ण रुपमा प्रगति गर्न नसकिरहेको बताए   । राष्ट्रिय वनलाई सरकारद्वारा व्यवस्थीत वन, वन संरक्षण क्षेत्र, सामदायिक वन,साझेदारी वन, कबुलीयति वन र धार्मिक वनको रुपमा ब्यवस्थीत गर्न साथै वन्य जन्तु तथा जैविक विविधताको संरक्षण गर्न सम्बन्धीत कानूनलाई संशोधन र एकीकरण गरिए पनि अझै पनि उपभोक्तलाई प्रत्यक्ष फाईदा पुग्ने गरि ऐन आउन नसकेको बताए ।

पछिल्लो समय वन माफियाहरुले उपभोक्ताको हक अधिकार र वन सखाप पर्ने नीति नियम ल्याउन खोजेकोले सबै वन समूहहरु चनाखो हुन आवश्यक रहेको बताए । कार्यक्रममा बन संरक्षण क्षेत्रको परिधिलाई फराकिलो पार्न सो क्षेत्रका बन समूहहरुले समयमै आफ्ना नियमित कार्यलाई निरन्तरता दिदै पारदर्शिता आत्मसाथ गर्नुपर्ने मा जोड दिइएको छ ।