इन्द्रेणी संवाददाता
जाजरकोट, २१ असोज । जाजरकोटमा जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन् भने दुई जना वेपत्ता भएका छन् ।

accdentजुनिचाँदी गाउँपालिका वडा नंं. १ को अउल खोला लोड्नीमा जीप दुर्घटना हुँदा वडा अध्यक्षसहित पाँच जनाको ज्यान गएको छ । सदरमुकाम खलङ्गाबाट जुनिचाँदी गाउँपालिकातर्फ छुटेको भे १ ज ९३५ नम्बरको जीप पल्टिँदा जुनिचाँदी गाउँपालिका वडा नम्बर ११ का अध्यक्ष अमरबहादुर शाहीसहित पाँच जनाको ज्यान गएको प्रहरीलाई हो ।

दुर्घटनामा ज्यान गुमाएकामध्ये वडाध्यक्ष अमरबहादुर शाही र कीर्तिबहादुर शाहीको परिचय खुलेको छ । अरुको पहिचान हुन पाएको छैन । दुर्घटना भएको ठाउँ खलङ्गाबाट झण्डै ८२ किलोमिटर टाढा पर्छ । दुर्घटनास्थलमा प्रहरीको टोली केहीबेर अघिमात्र पुगेको छ ।