इन्द्रेणी संवाददाता
रोल्पा, २९ भदौ। रोल्पाको माडी गाउँपालिकामा असोज १ गतेदेखि विद्यालय सञ्चालन हुने भएको छ । माडी गाउँपालिका गाउँ शिक्षा समितिको आज बसेको बैठकले असोज १ गतेदेखि सबै विद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको हो ।

schoolगाउँपालिकामा अहिलेसम्म कोराना नदेखिएको र कोरोनाका कारण नयाँ शैक्षिक सत्र खेर जान नदिनका लागि सतर्कता अपनाउदै विद्यालय खोल्ने निर्णयमा पुगेको गाउँपालिकाले जनाएको छ ।

स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै विद्यालयहरु सञ्चालन गर्ने निर्णय गरिएको माडी गाउँपालिका–५ का वडाध्यक्ष तथा गाउँ शिक्षा समितिका सदस्य भरत बुढाले बताए । रोल्पामा विद्यालय खोल्ने निर्णय गर्ने यो स्थानीय तह हो ।