इन्द्रेणी संवाददाता
सिन्धुपाल्चोक, २८ भदौ । गएराति आएको पहिरोले सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका वडा नं. ७ घुम्थाङमा १८ घर बगाएको छ । राति करीव गए पौने ३ बजेको समयमा आएको पहिरोमा परी बगाएका घरका सबै बेपत्ता छन् ।

pairoप्रहरी कार्यालय बाह्रविसेका प्रहरी निरीक्षक नवराज न्यौपानेका अनुसार भीरखर्कका १० र नाग पुच्छेका ८ घर र किम्बेगाउँ पहिरोले बगाएको हो । घटना स्थलमा प्रहरीको टोली जाँदैछ भने स्थानीयहरु हराएकाहरुको खोजीमा जुटेका छन् । थप बिवरण आउन बाँकी छ ।