इन्द्रेणी संवाददाता
दाङ, १५ भदौ। अस्पतालका स्वास्थ्यकर्मीमाथि कोरोना संक्रमण पुष्टि भएपछि सिल गरिएको दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा आजदेखि आपतकालिन र प्रसुती सेवा सुचारु गरिएको छ ।

rapti pआज सोमबार वेलुका ५ बजेदेखि आपतकालिन र प्रसुती सेवा सुचारु गरिने अस्पताल प्रशासनले जनाएको छ । गएको शनिवार अस्पतालमा कार्यरत २ जना चिकित्सकसहित ९ जनामा कोरोना संक्रमण देखिएपछि अस्पताल सिल गरिएको थियो । अस्पताल सिल गरिएपछि नयाँ बिरामी भर्ना रोकिएको थियो ।

घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमूना परीक्षणमा शनिवार अस्पतालमा कार्यरत २ जना विषेशज्ञ चिकित्सक, ४ जना स्वास्थ्यकर्मी र ३ जना कार्यालय सहयोगीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।