इन्द्रेणी संवाददाता
काठमाडौं, १५ भदौ । नेपालमा आज सोमबार ८९९ जना कोरोना संक्रमण देखिएको छ ।

koronaaपछिल्लो २४ घण्टामा ३०३ महिला र ५९६ जना पुरुष गरी ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वसथय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ३९ हजार ४६० पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १९० जना, भक्तपुर जिल्लामा ४१ र ललितपुर जिल्लामा ६७ जनामा संक्रमण पुष्टि भएको छ ।

उनका अनुसार वितेको २४ घण्टामा ५८८ जना कोरोनालाई जितेर घर फर्किएका छन् । योसँगै कुल डिस्चार्ज हुनेहरु २१ हजार ४१० पुगेको छ ।