इन्द्रेणी संवाददाता
काठमाण्डौ, १८ साउन । पार्टीभित्रको विवाद सामाधानका लागि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आज भएको छलफल पनि निष्कर्षविहीन भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङसहितको छलफलमा झण्डै तीन घण्टाको वार्ता भएको थियो । तर दुवै अध्यक्ष आ आफ्नो अडान कायमै राखेपछि कुनै पनि निष्कर्ष निस्कन सकेन । तर वार्ता सकारात्मक रहेको अध्यक्षद्वयका सचिवालयले जनाएको छ ।
प्रचण्डसहित माधव नेपालको पक्षले ओलीले प्रधानमन्धी र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा माग्दै आएको छ भने ओली दुबै पद नछोड्ने अडान राख्दै आएका छन् ।











