इन्द्रेणी संवाददाता
काठमाडौं, १७ साउन । नेपालमा आज थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६९९३ जनाको स्वाब परीक्षण गर्दा ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या २० हजार ८६ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
हाल ५३३८ जनामा कोरोनाको सङ्क्रमण सक्रिय रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ९३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १४ हजार ४९२ पुगेको छ । हाल ११ हजार ५३३ जना क्वारेन्टिनमा छन् । अहिलेसम्म ३ लाख ८२ हजार ४९० जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।











