इन्द्रेणी संवाददाता
काठमाडौँ, १८ जेठ । आज नेपालमा थप १६६ मा कोरोना संक्रमणको पुष्टि भएको छ । यो सँगै नेपालमा सङ्क्रमित सङ्ख्या १५६७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा।. विकास देवकोटाले बताए ।
मन्त्रालयका अनुसार सप्तरी १२, कैलाली ३, बाजुरा ३, झापा ४, मोरङ १, धनुषा २१, कपिलबस्तु ४, रौतहट २९, सर्लाही १० रहेका छन् ।
त्यसैगरी, तनहुँ १, स्याङ्जा २, पर्सा ५, कालिकोट १८, दैलख १८, सल्यान २५ रहेका छन् । थप संक्रमितमा १६२ पुरुष र ४ महिला रहेका छन् ।
विभिन्न क्वारेन्टाइनमा एक लाख १९ हजार १९२ रहेका छन् भने आइसोलेसनमा एकहजार ३४९ रहेका छन् । २२० जना डिस्चार्ज भएका छन् भने आठ जनाको मृत्यु भएको छ ।











