रौतहट, १६ जेठ । कोरोना पुष्टि भएकालाई अन्यत्र आइसोलेसनका लागि लग्न खोज्दा रौतहटको इशनाथ नगरपालिकामा स्थानीयवासी र प्रहरीबीच झडप भएको छ ।
झडप नियन्त्रणमा लिन प्रहरीले झण्डै १२ राउण्ड हवाई फायर गरेको छ । झडपमा प्रहरीको गाडीहरु समेत तोडफोड भएको छ ।
इशनाथ ७ को जोकहामा रहेको अनवारुल इस्लामीक मदरसामा रहेको क्वारेन्टाइनका दुई व्यक्तिमा विहीबार संक्रमण पुष्टि भएको थियो ।
कोरोना संक्रमित भएका दुवै जनालाई उपचारका लागि जिल्ला भित्रै अर्को स्थानमा रहेको आइसोलेसनमा लग्न चिकित्सक र सुरक्षाकर्मी पुग्दा झडप भएको हो ।











