काठमाडौं, १० चैत । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई ख्याल गर्दै आजदेखि सरकारले लामो दूरीका सवारीसाधन आवागमन रोकिएको छ ।
लामो दूरीका सवारीसाधन रोक्ने निर्णयलाई कार्यान्वयन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आइतवार बसेको बैठकले आजदेखि लामो दूरीका सवारीसाधन आवागमन रोक्ने निर्णय गरेको थियो । जसअनुसार आज विहानै देखि लामो दुरीका सवारीसाधन सञ्चालनमा आएको छैनन् ।
सरकारले चैत २१ गतेसम्म सार्वजनिक सवारीसाधन रोक्ने निर्णय गरेको थियो । यो सँगै आजदेखि एक जिल्लाबाट अर्काे जिल्लामा सवारी साधन पनि चल्न पाउने छैनन् । अतिआवश्यकीय सवारीसाधान वाहेका लामा दुरीका सवारीसाधनमा रोक लगाएको हो ।











