इन्द्रेणी संवाददाता
दाङ, ४ पुस । नेपाल पत्रकार महासंघ दाङले आज आफ्नो २७ औं स्थापना दिवस बनाएको छ । घोराहीस्थित महासंघको हलमा एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस बनाएको हो । कायक्रममा जिल्लाका विभिन्न सञ्चार माध्यममा कार्यरत १८ जना पत्रकार, तीन वटा सञ्चार माध्यम र दुईजना अक्ष्यकोष दातालाई सम्मान एवं पुरस्कृत गरिएको थियो ।

fnjfमहासंघले यसवर्षको प्रतिभा पुरस्कारबाट पत्रकार सुलोचना गौतमलाई पुरस्कृत गरेको छ । त्यस्तै वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार शिबु खनाल, महिला सिर्जनशिल पत्रकारिता पुरस्कारबाट निरला अर्याल, प्रोत्साहन पुरस्कारबाट अमृता भुसाल र आशिष सुनिल पोख्रेल पुरस्कृत गरेको छ । यसैगरी रोशन स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार सुनिल पोख्रेल, पण्डित लिलाकान्त महरहठ्ठा पत्रकारिता पुरस्कारबाट छबि पुरी, विष्णु भुपेन्द्रेश्वर श्रेष्ठ पत्रकारिता पुरस्कारबाट केदार खत्री, यज्ञबहादुर बुढाथोकी स्मृति पत्रकारिता पुरसकारबाट अमर क्षितिज भण्डारी, ओमप्रकाश स्मृति पत्रकारिता पुरस्कारबाट ऋषि यादव, जितेन्द्रबहादुर शाह स्मृति पत्रकारिता पुरस्कारबाट चेतन रेग्मी, चिन्तामणि जमुना पोख्रेल स्मृति पत्रकारिता पुरस्कारबाट विष्णु अधिकारी, लोककुमारी स्मृति पत्रकारिता पुरस्कारबाट उदिराम चौधरी, दुर्ग टिका स्मृति पत्रकारिता पुरस्कारबाट निराजन डाँगी, शालिकराम सामाजिक सेवा पत्रकारिता पुरस्कारबाट प्रदीप पाण्डे, पार्वती स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कारबाट लक्ष्मण बस्नेत, अकि टुकादेवी स्मृति पत्रकारिता पुरस्कारबाट गणेश आचार्य, नदिन स्मृति पत्रकारिता पुरस्कारबाट एकराज भण्डारीलाई पुरस्कृत गरेको छ ।

fnjकार्यक्रममा पुरस्कृत एवं सम्मान हुने व्यक्तिहरुलाई महासंघ दाङका संस्थापक अध्यक्ष एवं प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष नारायणप्रसाद शर्मा, विशिष्ठ अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेलले अविर, सम्मान पत्र र नगदले सम्मानित गरेका थिए ।
महासंघका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झा, प्रेस स्वतन्त्रता सेनानी शुसील गौतम, राजनीतिक दलको तर्फबाट नेकपाका हेमराज शर्मा, काग्रेसका शंकर डाँगी, सहायक जिल्ला अधिकारी गञ्जबहादुर एमसी, लगायतले आफ्नो विचार राखेका थिए । महासंघका महिला उपाध्यक्ष लिला शाहको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सचिव भुपेन्द्र वलीले गरेका थिए ।