गोरखा, ३० मंसिर । निर्वाचन क्षेत्र नं. १ का साँसद हरीराज अधिकारीले लिम्पियाधुरा, लिपुलेक लगायतका स्थानमा देखिएका सिमा विवाद हल गर्न सरकार अग्रसर हुनुपर्ने बताएका छन् ।
जिल्लाको भीमसेन थापा गाउँपालिका वडा नं. ४ धावा स्थित प्रभात माध्यमिक विद्यालयको ५८ औं वार्षिक उत्सव तथा अभिभावक समारोहलाई सम्बोधन गर्दै नेता अधिकारीले सो कुरा बताएका हुन ।
नेपाल र नेपालीका लागि सकैको एक इन्च जमिन नचाहिने र एक इन्च नछोड्ने पनि उनले जिकिर गरे । कुटनितिक पहलबाट सिमा समस्या समाधान गर्नुपर्ने उनले थप प्रस्ट्याए ।
विद्यालयमा गुणस्तरीय शिक्षा कायम गर्नका लागि शिक्षक, विद्यार्थी, अभिभावकहरु एक भएर अघि बढ्नुपर्ने उनको भनाई छ । ठूलाकक्षाका भाइबैनीहरुले साना कक्षाका भाइवैनीहरुलाई असल संस्कार सिकाउनुपर्ने उनले बताए । राजनीति राज्यको नीति भएकोले संघीय गणतन्त्र नेपालको विकास लागि सचेत नागरिकहरु एकजुट भएर लाग्नुपर्नेमा नेता अधिकारीको जोड रहेको छ ।











