घोराही, ११ माघ । घोराही उपमहानगरपालिका वडा नम्बर– १३ मा रहेको श्री बराहक्षेत्र मावि सेवार बनगाँउको आयोजनामा घोराहीमा जारी महायज्ञमा डेढ करोड बढि दान संकलन भएको छ ।

m 2विद्यालयको भौतिक पूर्वाधार विकास तथा प्राविधिक शिक्षा सञ्चालन सहयोगार्थ आयोजित ‘श्रीमद् भागवत मन–धान्याञ्चल विराट् नवाह ज्ञान महायज्ञ– २०७५’ को आठौँ दिनसम्म १ करोड ५७ लाख ३ सय ३८ रुपैया दान संकलन भएको महायज्ञका निर्देशक प्रा.डा.अर्जुन बुढाथोकीले जानकारी दिए ।

महायज्ञको आठौँ दिन ४२ लाख ४ सय ५८ रुपैया दान संकलन भएको आर्थिक समितिका संयोजक भुपाल गिरीले जानकारी दिए । जसमा घोराही १३ का खिमबहादुर डिसीले ६ लाख,सम्राट सिमेन्ट उद्योगका अध्यक्ष मुकुन्द तिमिल्सीनाले १ लाख १ हजार, घोराही १३ का रविलाल घर्तिले १ लाख ५१ हजार, देविबहादुर डिसीले २५ हजार ५ सय, घोराही १३ का के.वि.घर्ती र सारदा घर्तीले २५ हजार ५ सय ५५, लालबहादुर गिरीले २५ हजार १०, श्रीधर गिरीले ५५ हजार ५ सय ५५, मायाकुमारी घर्तीले १ लाख ५ सय ५५, प्रेमबहादुर बुढाले १ लाख ११ हजार १ सय ११, मिलनचोक टोल विकास संस्थाले ५१ ह्जार ५ सय २५ रुपैया दान गरे ।

यस्तै बराहक्षेत्र संरक्षण सम्वद्र्धन धार्मीक समितिले १ लाख ११ हजार १ सय ११, रुद्रबहादुर घर्तीले ३१ ह्जार ५ सय ५? भिमबहादुर केसीले ५६ हजार ७ सय ८९, नारायण पाण्डेले ५० हजार ५५, कमल कार्कीले ५१ ह्जार १ सय ५, हरिप्रसाद गौतमले २५ हजार १ सय २५, आशमानी चौधरीले १ लाख ११ हजार १ सय ११, यमबहादुर महतराले ५१ ह्जार १ सय ५५, भिमकुमार रामदासले २५ हजार १ सय ५, रावरबहादुर बुढाथोकीले ५१ हजार ५ सय ५५ रुपैया दान गरे ।

यसैगरी केशव बुढाथोकीले ५५ हजार ५ सय ५५, खीमा पाण्डे र रेखा पाण्डेले ५० हजार ५५, घोराही हार्डवेयर व्यवसायी समितिले २५ हजार ८ सय ४५, रामबहादुर पुन र धनरुपी पुनले १ लाख ५ सय ५, नरेश भण्डारीले २५ हजार ५ सय ५५, धनकुमार रावतले २५ हजार ५ सय ५५, गणेशप्रसाद रोकाले १ लाख २१ ह्जार १ सय, जनकलाल पाण्डेले ३० हजार ५ सय ५, लुमासिंह बस्नेतले २५ हजार ५ सय २५देव ागिरीले १ लाख २ हजार २ सय ३, टीका गिरीले ५५ हजार ५ सय, रीता सेर्पाईली २५ हजार ५ सय ५५ रुपैया दान गरेका थिए ।