रुपन्देही, ३ मंसिर। तिलोत्तमा नगरपालिकामा गाईको पनि जन्म, बसाइसराई र मृत्यु दर्ता हुने भएको छ । गाईको घटना दर्ता गराएबापत किसानहरुले भत्तासमेत पाउने छन् ।

cowनगरपालिकाले छाडा गाई बढ्दै जाँदा सडक दुर्घटना र किसानको बालीनालीमा नोक्सानी हुने समस्या रोक्ने उद्देश्यले यस्तो उपाय निकालेको हो । यसको कार्यान्वयन छिट्टै शुरु गरिने बताइएको छ ।

छाडा चौपायाका कारण नगरमा धेरै समस्या देखिन थालेपछि त्यसलाई नियन्त्रण गर्न नगरपालिकाले ‘छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधि–२०७४’ पनि जारी गरेको छ ।

गाईको जन्म दर्ता, मृत्यु दर्ता र बसाइसराई गराउने किसानलाई नगरपालिकाले यातायात खर्च स्वरुप भत्तासमेत उपलब्ध गराउने भएको छ । गाईको घटना दर्ता गराउन वडा कार्यालय आउने किसानलाई प्रोत्साहन गर्न भत्ताको अवधारण ल्याइएको हो ।