कास्की, १० असोज । पोखराको पुम्दीभुम्दीमा मंगलबार मृतावस्थामा फेला परेकी श्रीया सुनारको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ।
बलात्कारको आरोपमा प्रहरीले शव भेटिएकै दिन मंगलबार राति छिमेही २७ वर्षीय कुसुम पौडललाई पक्राउ गरेको छ ।
प्रहरी समक्ष पौडेलले बलात्कार पछि हत्या गरेको स्विकारेका छन्। पोस्टमार्टको रिपार्ट अनुसार श्रीयाको योनांग सुन्निएको, टाउको र शरीरमा चोट लागेको देखिएको थियो ।
पौडेलले रक्सी र गाँजाको तालमा ललाइफकाई बलात्कार गर्न खोज्दा श्रीया नमानेपछि यातना दिएर बलात्कार गरी हत्या गरेको बयान दिएका छन्।











