उदयपुर, २९ साउन। जवरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका(१२ बस्ने २६ वर्षीय बिकाश परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

balatkar2परियारसहित तीन जनाले सोमबार सोही नगरपालिका(२ मोथिहायी बस्ने १७ वर्षीया किशोरीलाई स्थानीय बसपार्कबाट ललाई फकाई स १ ह २१९४ नम्बरको अटो रिक्सामा लिएर जवरजस्ती करणी गरेको बताइएको छ ।

उनीहरुले चौदण्डीगढी १० हडिया जंगलमा लगेर जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । परियारलाई पक्राउ गरेपनि अन्य दुई जना भने फरार रहेका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।