गोविन्द खड्का
घोराही, २३ साउन । पार्किङ निषेध गरिएको क्षेत्र नेपाल बैक लिमिटेड घोराहीको अघिल्तीर लहरै राखिएका मटोरसाइकलका हेलमेट मंगलवार ट्रुफिकले लगेको छ । नियम विपरीत राखिएका मोटरसाइकल कार्वाहीका लागि जफत गरिएको जिल्ला ट्राफिक कार्यालय दाङले जनाएको छ ।
दुईवटा पोलमा सबैले देख्ने गरी यहा पार्किङ निषेध गरिएको छ भन्ने लेखिएका वोर्ड टा“गिएको छ । त्यसको वास्ता नगरी मोटरसाइकिल लहरै पार्किङ गरेका थिए । प्रत्यक्षदर्शी रझेनाका कमल गौतमका अनुसार गाडीमा आएको ट्राफिकले फटाफट निशेधित क्षेत्रका सबै हेलमेट उठाएको हो । एउटा मोटरसाइकलको हावा खुस्काईदियो । बिच बाटोमै पार्किङ गरी झन् गल्ती गरेकाले खुस्काएको हुन सक्ने स्थानीयको अनुमान छ । हेलमेट जति गाडीमा हालेर ट्राफिक त्यहाबाट हिड्यो ।
बैकमा काम गर्न पुगेका सेवाग्राहीले बाहिर आएर पालै पालो आफ्नो मोटरसाइकलको हेलमेट खोजा खोज गरे । वर पर सोधि खोजी पछि मात्रै टाफिकले उठाईदिएको चालपाएका थिए । आसपासका पसलहरुमा ग्रँहक हिड्न नमिल्ने गरी मोटरसाईकल पार्किङ गर्ने चलन पहिल्यै देखि चल्दै आएकोछ । त्यसले व्यापारमा घाटा गरेको पसलेहरुले बताउदै आएका छन् ।
त्यसबाहेक साघुरो ठाउ“मा दुर्घटनाको उच्च जोखिम मानिन्छ । त्यसैले घोराही १४ को पहलमा बैकरोड तिनपाङग्रे निशेध र नेपाल बैक अगाडि पार्किङ निशेधको घोषाण गरीएको थियो । बैकसंग लामो छलफल पछि मात्रै उक्त निर्णय गरिएको घोराही १४ का अध्यक्ष शक्तिराम डागिको भनाई छ । तर, टाफिकका आ“खा छलेर टेम्पो, रिक्सा र साना गाडिहरु निशेधित क्षेत्रमा ओहर दोहर गरीरहेका छन् ।
बैक अगाडि पार्किङ पनि रोकिएको छैन । केही समय बानी बसाल्न भन्दै घोराही १४ ले एक जना कर्मचारी खटाएको थियो । कर्मचारी वा टाफिक डिउटी बसेनन् भने बेला बखत बैकरोडको साघुरो गल्लीमा जाम लाग्ने गरेको व्यपारीहरु बताउछन् । पहिलाको भन्दा धेरै सजिलो भएको ओली फेन्सीका सञ्चालक भिमबहादुर वलीले जानकारी दिए ।
जति सिठि फुकेपनि मेरो मोटरर्साकल भनेर चालक सम्पर्कमा नआउने भएकाले हेलमेट उठाउने निति ल्याएको जिल्ला ट्राफिक प्राहरी प्रमुख मदन कुवरले बताए ।
हेलमेट हराएपछि खोज्दै जान बाद्यता सिर्जना हुन्छ । प्रमुख कुवरका अनुसार अहिले हेलमेट उठाईदिने सांकेतिक कार्वाही गरिएको छ, यसलाई पालना गरेर नसुध्रिय नियम विपरीत पार्किङ गरिएका सवारी सधानको हावा खुस्काईदिने र साङ्लाले बाधेर राखिदिने सम्म गरीने छ ।
यति मात्रै होइन त्यही नजिकैको पोलमा बैंक रोडमा चार पाङग्रे गाडी निषेधको वोर्ड पनि लगाइएको छ । तर त्यसको वेवास्था गर्दै साँघुरो सडकमा चार पाङग्रे गाडी समेत त्यो सडकमा प्रवेश गर्ने गरेको स्थानीयहरु बताउछन् ।











