काठमाडौं, १६ साउन। प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको अनुमोदनसम्बन्धी निर्णयका लागि आज साढे ३ बजे संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ ।

depakrajयसअघि तीन पटकसम्म अनुमोदनसम्बन्धी निर्णयका लागि बोलाइएको बैठक अनिर्णित भएको थियो । प्रस्तावित प्रधानन्यायाधीश जोशीलाई अनुमोदन गर्ने वा नगर्ने विषयमा विवाद छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी जोशीको विपक्षमा उभिएको छ । विपक्षी दल कांग्रेस जोशीको पक्षमा छ । समितिले जोशीको शैक्षिक योग्यताका प्रमाणपत्र, समितिमा गरेको प्रस्तुति लगायतमा अध्ययन गरिरहेको छ ।