तुलसीपुर, ८ साउन । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले तुलसीपुरलाई हरित नगरका रुपमा विकास गर्ने वताएका छन् ।
तुलसीपुरका हरेक खाली ठाउँ र सडक किनारमा वृक्षारोपण गरेर हरियो तुलसीपुर अभियानलाई सार्थकता दिइने पनि उनले वताए । “हामीले हरित अभियान मार्फत तुलसीपुरलाई सुन्दर वनाउने प्रयास गरिरहेका छौ” नगरप्रमुख पाण्डेले वताए ।
हाम्रो तुलसीपुर राम्रो तुलसीपुर अन्तर्गत तुलसीपुर हरित अभियानको १ सय १ औ श्रृखलालाई सम्वोधन गर्दै पाण्डेले उपमहानगरपालिकाले वृक्षारोपण गर्नेहरुलाई प्रोत्साहन रकम समेत दिने वताए राप्ती ववई क्याम्पसको प्राङ्गण आयोजना गरिएको कार्यक्रममा क्याम्पसका अध्यक्ष मिनराज वली, मुक्तिनाथ विकास बैकका म्यानेजर सरोज लामिछाने लगायतले हरित अभियानका वारेमा वोलेका थिए ।
वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सुचना अधिकारी झरेन्द्र खरेलले गरेका थिए । हरित अभियान अन्तर्गत २ सय वढि कल्की, अशोक र कपुरका विरुवाहरु लगाईको थियो । सो क्रममा विभिन्न संघसंस्थाका व्यक्तिहरुले प्रतिनिधित्व गरेका थिए ।











