तुलसीपुर, १० असार । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि आइतवार वजेट ल्याँउदैछ । शुक्रवार नगरप्रमुख घनश्याम पाण्डेले तेस्रो नगर सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम पािरत भएसँगै आर्थिक वर्षका लागि वजेट ल्याउन थालेको हो । उपप्रमुख माया आचार्यले नगर सभाको दोस्रो वैठकमा विनियोजन वजेटका प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

उपमहानगरपालिकाले यसपटक वजेटमा पूर्वाधार विकास, कृषि, स्वास्थ्य, शिक्षा र अल्पसंख्यकहरुको क्षेत्रलाई प्राथमिकतामा राखेर वजेट प्रस्तुत गर्न लागेको छ । गतवर्षभन्दा यसपटक वजेटको आकार केही ठूलो हुने अनुमान गरिएको छ ।