बाँके, ९ असार । बाँकेको राप्तीसोनारी गाउँपालिका–६ को वडा कार्यालयले वाइफाई सहितको इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । गाउँमै इन्टरनेट सेवा पाएपछि स्थानीयहरु खुशी भएका छन् ।

internet-696x366धेरै लामो प्रयासपछि इन्टरनेट सेवा सञ्चालनमा ल्याउन सफल भएको वडा अध्यक्ष जनक बहादुर थारुले जानकारी दिए । इन्टरनेटका लागि धेरै इन्टरनेट प्रदायक संस्थालाई गुहारे पनि यसपाली बल्ल इन्टरनेट सेवा सञ्चालन गर्न सफल भएको बताउँदै उनले इन्टरनेट सेवा सञ्चालनसँगै साविक फत्तेपुर गाविसले विकासमा फड्को मार्ने अपेक्षा गरिएको छ ।