इन्द्रेणी संवाददाता
दाङ, ७ असार । सभामुख कृष्णबहादुर महरा राप्तीकै पूरानो पुस्तकलायको आजीवन सदस्य बनेका छन् । २०१० सालमा दाङको घोराही स्थापना भएको सर्वाेदय पुस्तकालय तथा वाचनालयको आज विहीबार महराले आजीवन सदस्यता लिएका हुन् ।

maharaशिक्षक पेशाबाट राजनीतिक क्षेत्रमा प्रवेश गरेका सभामुख महरा अहिले पनि पुस्तकहरु अध्ययन गर्ने औधि रुचाउने गर्दछन् । एक कार्यक्रमकाबीच उक्त पुस्तकालयको आजीवन सदस्यता लिदै महराले आफूले राप्तीकै पूरानो सर्वाेदय पुस्तकालयको विकासका लागि पहल गर्ने बताए । सो अवसरमा नेकपाका संसदीय दलका नेता शान्ता चौरी, हिराचन्द्र केसीले पनि आजीवन सदस्यता लिएका थिए ।