घोराही, ४ असार । घोराही उपमहानगरपालिका वडा नं. २ ले वडाका धारा नभएका बस्तीहरुमा कुवा निर्माण गरेको छ । वडाले पानीको समस्या भएका वडाका सात वटा गाउँमा कुवा निर्माण गएिको वडा अध्यक्ष केशव आचार्यले जानकारी दिए ।

kuwaउनका अनुसार वडाले नयाँ बस्ती, मोतिपुर, सुर्के डागी, सातताले, वुका, पलासे लगायतका स्थानमा कुवा निर्माण गरिएको हो । प्रतिकुवा एक/एक लाखको लागतमा कुवा निर्माण आचार्यले बताए । वडाका अधिकांस बस्तीमा पानीको समस्या देखिन थालेपछि उक्त समस्यालाई समस्यालाई समाधान गर्न कुवा बनाएको हो ।