l8NnLahf/ l:yt sGof pRr dfWofdLs :s'ndf cfh af6 ;~rfng ePsf] P;Pn;L k/LIff lbb} ljBfyL{x? . tl:a/ M k|bLk/fh jGt,/f;;

भक्तपुर, ४ असार । माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत चैत दोस्रो साता लिएको परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

slcपरीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले सबै उत्तर पुस्तिका सम्परीक्षण गरी विद्यार्थीको नम्बर चढाउने र रुजू गर्ने काम भइरहेको जानकारी दिए । उनले भने, “नतिजा प्रकाशनका लागि अन्तिम तयारीमा जुटेका छाँैं, कुनै प्राविधिक गडबढी भएन भने पाँच दिनभित्र नतिजा सार्वजनिक गछौँ ।” यसवर्षको परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी भएका थिए । रासस