काठमाडौं, ४ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

petrol-e1456919970555आइतबार राती १२ बजेबाट लागु हुने गरी निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको हो । निगमले पेट्रोलमा ३ रुपैयाँ, डिजेल र मट्टितेलमा २–२ रुपैयाँ मूल्य घटाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि नेपालमा पनि मूल्य घटाएको निगमले जनाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर १ सय १० रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९३–९३ रुपैयाँ भएको छ । निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने घटाएको छैन ।