काठमाडौं, ३ असार । विश्व शान्तिको कामना गर्दै नेपालका मुस्लिम धर्मावलम्बीले हर्षोल्लासकासाथ इदुल फित्र पर्व मनाएका छन् ।

edul“विश्वमा भइरहेको नरसंहर बन्द होस, सबैमा मानवता आओस्” भन्दै उनीहरुले आज बिहान ८ बजे इदको नामाज पढेर एक आपसमा इद मुबारक (शुभकामना) आदनप्रदान गर्दै यो पर्व भव्यताकासाथ मनाइएको हो ।

नेपालमा कूल जनसंख्याको चार प्रतिशतभन्दा बढी मुस्लिम समुदायको बसोबास छ । इदुल फित्रका अवसरमा इदगाहमा जम्मा भएर सामूहिक नामाज पढेर यो पर्व मनाइन्छ ।