काठमाडौं, ३ असार । भारतले नेपालका लागि थप तीनवटा हवाई रुट खुल्ला गर्ने सहमति जनाएको छ । नेपालले मागेका थप हवाई रुटमामध्ये तीनवटालाई दुईतर्फी प्रयोग गर्न दिने भएको हो ।

airlineयसअघि भारततर्फबाट नेपालमा जहाज भित्रिन सिमरा रुटमात्र खुल्ला रहेकोमा अब पूर्वका विराटनगर र जनकपुर तथा पश्चिमको महेन्द्रनगर रुटबाट पनि जहाज भित्रिन र बाहिरिन सक्ने छन् ।

बिहीबारदेखि काठमाडौंमा सुरु वार्तामा शनिबार दुई देशका प्राविधिक अधिकारीबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । नेपालले मागेको नेपालगन्ज रुटबारे भने भारतले पछि निर्णय दिने जनाएको छ ।

६ पुस ०७३ (२१ डिसेम्बर २०१६) मा दुई सरकारका सम्बद्ध निकायबीच प्राविधिक तहमा वार्ता गरी टुंग्याउने सहमति भएको थियो । नयाँ पत्रिकामा खबर छ पछिल्लो सहमतिअनुसार विराटनगर र जनकपुरबाट ३१ हजार फिटभन्दा माथि उड्ने ठूला जहाजसमेत प्रवेश गर्न र बाहिरिन सक्नेछन् भने महेन्द्रनगर रुटबाट तत्कालका लागि बढी उचाइमा उड्ने जहाजले प्रवेश पाउने छैनन् ।

नेपालले नेपालगन्ज र महेन्द्रनगरबाट बढी उचाइमा उड्ने जहाज प्रवेशमार्ग दिन भारतस“ग प्रस्ताव गरेको थियो । यस विषयमा भारतसँग आगामी भदौसम्म विस्तृत प्राविधिक मूल्यांकन गर्ने सहमति भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले जानकारी दिए ।