इन्द्रेणी संवाददाता
इटहरी, ९ जेठ । जिल्ला शिक्षा समन्वय समिति सुनसरीका प्रमुख खगेन्द्र सुवेदीलाई सेवाग्राहीसँग घुस लिदालिदैं गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका टोलीले इनरुवाबाट नियन्त्रणमा लिएको छ ।

ghusजिल्लाकै एक आधारभूत विद्यालयका शौचालय निर्माण र त्यसको पर्खाल लगाउने विषयमा जिल्ला समन्वय समितिबाट सहयोग रकम उपलब्ध गराउने सर्तमा रु ५० हजार घुस रकम लिदालिदैं सुवेदीलाई टोलीले नियन्त्रणमा लिएको हो ।

उनीमाथि आवश्यक सोधपुछ एवं थप अनुसन्धानका लागि इटहरीस्थित आयोगको कार्यालयमा ल्याइएको इटहरीस्थित आयोग कार्यालयका प्रवक्ता नरेन्द्र्र भट्टराईले बताए ।