मदनकृष्ण सिलवाल
काठमाडौँ, २० वैशाख । गंगादेवी भट्टराई सुवेदीद्वारा लिखित उपन्यास ‘परदेशी आमा’को लोकार्पण भएको छ । १८ वैशाखमा राजधानीमा शब्दहार क्रियसनद्वारा आयोजिना एक कार्यक्रमबीच वरिष्ठ साहित्यकार प्रा।डा। कृष्णहरि बराल, कथाकार माया ठकुरी, वरिष्ठ साहित्यकार मोहन दुवाल, साहित्यकार राधेश्याम लेकालीले सामुदायिक रुपमा उक्त पुस्तकको लोकार्पण गर्नुभएको हो ।
‘परदेशी आमा’ उपन्यासको प्रकाशन शब्दहार क्रियसन गरेको हो भने सम्पादन साहित्यकार गोविन्दप्रसाद कँडेल ‘आँसु’ले गरेका हुन् । शब्दहार क्रियसनका प्रमुख रमेश कँडेलको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथि प्रा।डा। बरालले उपन्यासको बारेमा समीक्षा गर्दै निवन्धात्मक शैलीको प्रस्तुती रहेको बताउनु भयो । साथै उहाँले यो कृतिले विदेश ९विशेषत इजराल०जाने व्यक्तिहरुको लागि उपयोगी पुस्तक हुने बताउँदै इजरायल र त्यहाँको संस्कृतिक समेतलाई उपन्यासमा बडो रोचक पाराले प्रस्तुत गरेको कारण पुस्तक अझै पठनीय एवं सन्देशमुलुक रहेको बताउनुभयो ।
त्यस्तै, अतिथि वरिष्ठ कथाकार माया ठकुरीले ‘परदेशी आमा’ जस्ता कृतिले विदेशको दुःखदर्दका बारेमा जानकारी प्राप्त गर्दै अब नेपाली महिलाहरु स्वदेशमै उद्यमशीलता गरी जीवनयापन गर्न भन्ने सन्देश उपन्यासका माध्यमबाट सबैमा पुग्नु जरुरी रहेको बताउनुभयो ।
अन्तर्राष्ट्रिय साहित्यिक समाजका उपाध्यक्ष एवं नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीले विश्वका हरेक कुनामा रहेका नेपालीहरुको कथाव्यथा आआफ्नै प्रकारका रहेका र ती ठाउँहरुमा नेपाली सरकार निकाय रहेको तर उनीहरुको उदासीनताका कारणले गर्दा नेपालीहरुले दुःख भोग्नु परेको अवगत गराउँदै अब लेखक साहित्यकारहरुको हतहितको लागि सरकारसँग पहलकदमी गरिरहेको धारणा राख्नुभयो ।
मे दिवसको अवसर पारी आयोजिता उक्त कार्यक्रममा वरिष्ठ कथाकार माया ठकुरी, मोहन दुवाल, डा। गार्गी शर्मा लगायत विभिन्न स्रष्टा तथा व्यक्तित्वहरुलाई सम्मान प्रशंसापत्र एवं मायाको चिनो समेत प्रदान गरेको थियो ।











