काठमाडौँ, १२ चैत । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको नेतृत्वमा प्रज्ञा–प्रतिष्ठानको ७ सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको छ ।
चाइना फेडरेशन अफ लिटरेचर एन्ड आर्ट सर्कलको निमन्त्रणामा प्रज्ञा–प्रतिष्ठानको उक्त प्रतिनिधिमण्डल एक साता लामो चीन भ्रमणका लागि छेन्दु हुँदै बेइजिङ पुगेको छ ।
साहित्यिक एवं सांस्कृतिक आदान–प्रदान गर्ने सम्झौताअनुसार चीनको उक्त संस्थाले प्रज्ञा–प्रतिष्ठानलाई निमन्त्रणा गरेको हो । प्रतिष्ठानको निम्तोमा गत साल चीनको साहित्यिक प्रतिनिधिमण्डल नेपाल आएको थियो ।
प्रतिनिधिमण्डलले चीनका बेइजिङ, सांघाई, हानजाउ र उसी प्रान्तका लेखक तथा साहित्यकारसँग विमर्श गर्ने प्रतिनिधिमण्डलका नेता एवं कुलपति गङ्गाप्रसाद उप्रेतीले बताए ।











